काठमाडौँ: नेपाली राष्ट्रिय उन्नाइस वर्षमुनि (यू–१९) महिला फुटबल टोलीले बहराइनको राष्ट्रिय महिला टोलीसँग बराबरी खेलेका छन् ।

 

बहराइनमा गएराति भएको मैत्रीपूर्ण खेलमा नेपालले घरेलु टोली बहराइनसँग १–१ गोलको बराबरी खेलेको अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको छ । नेपालका लागि सविता रानामगरले एक गोल गरेका थिए ।

 

तीन मैत्रीपूर्ण खेल खेलेको नेपालले दुई खेलमा जित तथा एक खेलमा बराबरी बनाउन सफल भएको थियो । नेपालले पहिलो खेलमा बहराइनको यू–१९ टोलीलाई ४–२ गोल अन्तरले पराजित गरेको थियो र दोस्रो खेलमा नेपालले ३–० को जित निकाल्न सफल भएको थियो ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version