काठमाडौं : पर्सी बिहिबार अर्थात पुस १० गते औँशीका दिन बिहान खण्डग्रास (आधा ढाक्ने) सूर्यग्रहण लाग्दै छ।

बिहान ८ बजेर ४२ मिनेट जाँदा सूर्यग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ। ग्रहणको सुतक भने अघिल्लो दिन पुस ९ गते साँझबाटै सुरु हुन्छ ।

 

दुई घन्टा ४९ मिनेट लामो ग्रहण नेपाली समय अनुसार बिहान ८ बजेर ४२ मिनेट देखि ११ बजेर ३१ मिनेटसम्म सुर्य ग्रहण लाग्नेछ ।

सूर्य ग्रहणका बेला चन्द्रमा अस्त हुने साथै बुध, वृहस्पति र शनि पनि अस्त रहने छ । सुर्य ग्रहणका बेला सूर्य, चन्द्र, बुध, बृहस्पति, शनि र केतु धनु राशिमा एकसाथ रहने छन् ।

जसले गर्दा केही अप्रत्यासित घटनाक्रम बढाउन सक्ने, रोगको संक्रमण बढ्न सक्ने लगायतका विपरित फलको भय समेत हुनेछ ।

पुस ९ गते राति ८ बजेर ४२ मिनेट बाटनै बालक, वृद्ध तथा रोगीबाहेकले भोजन गर्न नहुने शास्त्रमा उल्लेख गरिएको छ । यस्तो अवस्थालाई सुतक काल भनेर भनिएको छ ।

सुतक ग्रहण लाग्नु भन्दा १२ घण्टा अगाडिदेखि नै सुरु हुने छ। यो ग्रहण बिशेष गरि भारतको नाम र राशिमा लाग्ने हुदा भारतमा यसको प्रभाव उच्च रहने छ । यसको प्रभाव पृथ्वीमा रहेका हरेक वस्तुमाथि फरक फरक तरिकाले पर्दछ ।

 

यस्ता खाले ग्रहण लागेको समयमा विभिन्न क्षेत्रमा प्रभाव पार्ने गर्दछ । बिशेष गरि पूर्वी तथा दक्षिणी देशहरुमा यसको प्रभाव उच्च रहने छ । ग्रहण लाग्ने राशिको हिसाबले पनि धनु राशिको दिशा पनि पूर्वनै हो, यस कारणले पनि यी क्षेत्रमा धेरै प्रभाव पर्ने अनुमान गरिएको छ ।

 

ग्रहणलाई धार्मिक र वैज्ञानिक रूपबाट अशुभ मानिन्छ । विज्ञानले सूर्य ग्रहणलाई नांगो आखाँले हेर्न बर्जित गरीएको छ भने धार्मिक दृष्टिमा पनि ग्रहणकालमा केहि कामहरु गर्न बर्जित गरीएको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version