काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले वैदेशिक रोजगारीमा जाने श्रमिकको अनिवार्य मानसिक स्वाथ्य परीक्षण हुनुपर्ने बताएको छ ।

 

रोजगारीमा जाने श्रमिकको मानसिक स्वास्थ्य परीक्षण नहुँदा उनी मानसिक रोगबाट ग्रस्त हुनेगरेको आयोगले जनाएको छ ।

आयोगले आज मंगलबार आप्रवासन र मानसिक स्वास्थ्य विषयमा गरेको अन्तर्क्रिया कार्यक्रममा बोल्दै आयोगका सदस्य सुदिप पाठकले वैदेशिक रोजगारीमा जाने श्रमिकका हकमा मानसिक स्वास्थ्य गम्भीर विषय भएको बताए ।

 

रोजगारीमा जाने कामदारलाई नेपालमा मानसिक स्वास्थ्य परीक्षण नहुँदा रोजगारदाता देशमा पुगेपछि समस्यामा पर्ने गरेको उनको भनाइ छ ।

 

पाठकले रोजगारीका लागि विदेशीने श्रमिकको विदेश जानुअघि नै स्वास्थ्य परीक्षण गर्नुपर्ने पनि बताए ।

वैदेशिक रोजगारीमा जाने श्रमिक पछिल्लो समय सामाजिक सञ्जालको प्रयोगका कारण पनि मानसिक समस्यामा पर्ने गरेको वैदेशिक रोजगार प्रवर्द्धन बोर्डका कार्यकारी निर्देशक राजन श्रेष्ठले बताए ।

 

रेमिट्यान्सका विषयमा परिवारमा कुरा नमिल्दा उनीहरुको मानसिक स्वास्थ्यमा असर परिरहेको उनको भनाइ छ ।

बोर्डले मानसिक रोगीका लागि छुटै स्वास्थ्य परीक्षण र अभिमुखिकरण तालिमको व्यवस्था गर्न लागेको पनि कार्यकारी निर्देशक श्रेष्ठले जानकारी दिए ।

 

वैदेशिक रोजगारीका क्रममा ३० प्रतिशतमा डिप्रेशन देखा पर्ने गरेको आयोगको एक अध्ययनले औंल्याएको छ ।

 

यस्तै २० प्रतिशतमा एनजाइटिज, १० प्रतिशतमा रक्सी सिकर र १० प्रतिशतमा कडा मानसिक रोग हुनेगरेको आयोगको अध्ययनमा उल्लेख छ ।

 

वैदेशिक रोजगारीमा समस्यामा परेका श्रमिकका कारण उनीहरुको परिवारका सदस्यहरुमा पनि मानसिक समस्या उत्पन्न हुनेगरेको आयोगले जनाएको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version