बैतडी: बैतडीका विभिन्न क्षेत्र न्यूनतम खाद्य असुरक्षित क्षेत्रका रुपमा रहेका छन् । तीन महिनासम्म पनि बारीमा उत्पादित अन्न खानका लागि नपुग्ने क्षेत्रलाई न्यूनतम खाद्य असुरक्षित क्षेत्रका रुपमा राखिएको कृषि ज्ञान केन्द्र बैतडीका निमित्त प्रमुख कर्णबहादुर चन्दले बताए ।

 

साविकको जिल्ला कृषि विकास कार्यालयले तीन वर्र्ष अघि गरेको अध्ययन अनुसार बैतडीका महाकाली, पञ्चेश्वर, शिवनाथ, कुलाउ, सिगास, थालाकाँडा, ढुङ्गाड क्षेत्रलाई न्यूनतम खाद्य असुरक्षित क्षेत्रका रुपमा राखिएको छ । पछिल्ला तीन वर्र्षयता पनि खाद्यान्न उत्पादनमा सुधार नआएकाले ती क्षेत्र खाद्यान्न असुरक्षित रुपमा रहेको निमित्त प्रमुख चन्दले जानकारी दिए ।

 

पछिल्लो समयमा खडेरी, जङ्गली जनावरलगायतका कारणले बालीनालीमा क्षति पुगेपछि खाद्यान्न उत्पादन घटेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

 

स्थानीयले खेत बाँझै छोडेकाले खाद्यान्न उत्पादनमा कमी आउन थालेको हो । जङ्गली जनावर र बाँदरका कारण खेत बाँझै छोड्नुपरेको दशरथचन्द नगरपालिका–५ का स्थानीय पुष्पा चन्दले बताए । उनले भने, “बारीमा लगाएको बाली बाँदरले सखाप पार्ने भएकाले खेत बाँझै छोड्न बाध्य भएका छौँ”, मुख्य खाद्यबालीको रुपमा रहेको मकैबाली पनि जङ्गली बदेलले नष्ट गर्न थालेपछि खाद्यान्न अभाव हुँदै गएको स्थानीयवासीरुले बताएका छन् ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version