काठमाडौँ: ग्लोबल कीटेक्नोलोजीको मोबाइल एप्स रिचार्जरले शुन्य प्रतिशत ब्याजदरमा जुनसुकै ब्राण्डको मोबाईल किस्ताबन्दीमा उपलब्ध गराउने भएको छ ।
रिचार्जरको मोबाइल एपमा मात्र यो अफर लागू हुनेछ ।
रिचार्जरले विश्वको सर्वोच्च शिखर सगरमाथा पछि अफ्रिकको सबैभन्दा अग्लो हिमाल माउन्ट कलिमान्जरोमा आफ्नो झण्डा फहराउन लागेको उपलक्ष्यमा यस्तो अफर सुरु गरेको हो ।
रिचार्जरको लोगो अंकित झण्डा तान्जानियामा रहेको माउन्ट कलिमान्जरोमा अगष्ट ४ तारिखका दिन २३ वर्षीय साहसी युवक नर्बिन मगरले फहराउने भएका छन् ।
मोबाईल र मुल्य अनुसार किस्ताबन्दीको अवधि ६ महिना, १ वर्ष र १८ महिना कायम गरिएको छ । ग्राहकले २० हजार रुपैयाँदेखि माथि जति पनि मूल्यका मोबाईल शुन्य प्रतिशत व्याजदरमा रिचार्जर एपबाट किस्ताबन्दीमा खरिद गर्न सक्छन् ।
योजनामा सिमीत ब्राण्डका मोबाइलको खरिदमा शुन्य प्रतिशत डाउनपेमेन्टको समेत व्यवस्था गरिएको छ । अरु विभिन्न मोडलका मोबाइलको हकमा ब्राण्ड र मूल्य हेरेर १० देखि ५० प्रतिशत सम्म डाउनपेमेन्ट गरी शुन्य प्रतिशत व्याजदरमा मोबाइल खरिद गर्न सकिन्छ ।
ग्राहकले आफ्नो नागरिकता, रोजगारीताको प्रमाणपत्र र आम्दान विवरणको कागजात उपलब्ध गराउनुपर्ने हुन्छ । यो योजनाहाललाई काठमाण्डौ उपत्यकाभित्र मात्र संचालन गरिएको छ ।
‘नेपाली एप्स हामी नेपालीहरुकै लागि’ भन्ने नाराका साथ सेवा सुरु गरेको रिचार्जर गुगलप्ले तथा एप्पल एप स्टोरमा गरी १ लाखभन्दा बढी डाउनलोड भैसकेको छ ।
विश्वका सात महादेशका उच्च हिम शिखरहरुमा रिचार्जरको झण्डा फहराउँदै १८ महिनाभित्रमा रिचार्जरलाई विश्व भरीका प्रयोगकर्ता सम्म पुर्याउने लक्ष्य अनुरुपकाम भैरहेको छ ।
रिर्चाजर एप्स मार्फत ई सेवा, आईएमईमी पे लगायतका पेमेण्ट गेटवेहरुका साथै बैंकहरुको इन्टरनेट बैंकिंग सेवा, एससीटी, मास्टर र भिसाका डेविट तथा क्रेडिट कार्डबाट पनि रिचार्ज गरी सामान खरीदगर्न सकिन्छ । रिचार्जबाट सिनेमा टिकट तथा हवाई टिकट भारी छुटमा किन्न सकिन्छ ।
