काठमाडौँ: पहिलो पटक एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेलेको नेपाली क्रिकेट टोलिले नेदरल्यान्ड्ससामु ५५ रनको हार ब्येहोरेको छ ।

टप अडरका ब्याटिङ नचल्दा नेपालने नेपालल्याण्ड्सँग ५५ रनले पराजित हुन पुगेको हो ।

१९० रनको लक्ष्य पछ्याएको नेपालले ४१.५ ओभरमा सबै विकेट गुमाएर १३४ रन मात्र बनाउन सक्यो ।

नेपालको सुरुवात राम्रो थियो । उपकप्तान ज्ञानेन्द्र मल्ल र अनिलकुमार साहले पहिलो विकेटका लागि ५८ रनको साझेदारी गरे । अनिल व्यक्तिगत २१ रनमा आउट भए ।

त्यसपछि नेपालले ठूलो साझेदारी नै गर्न सकेन । दोस्रो विकेटका रुपमा कप्तान पारस खड्का आउट भए । थप दुई रन जोड्दा ज्ञानेन्द्र मल्ल पनि पभेलियन फर्किए ।

आरिफ शेख पनि सस्तैमा आउट भए । छैटौं नम्बरमा आएका सोमपाल कामी पनि चलेनन् । छैटौं विकेटका रुपमा बसन्त रेग्मी आउट हुँदा नेपालको स्कोर १०६ रन थियो ।

दिपेन्द्र सिंह ऐरीले टिकेर खेल्न खोजे । तर, उनी पनि व्यक्तिगत ३३ रनमा आउट भए ।

नेपालले पहिलो एकदिवसीय क्रिकेट खेल्दै गर्दा उपकप्तान मल्लले अर्धशतक हानेका छन् । ५६ बलको सामना गरेका उनले ८ चौकाको मदतमा ५० रन पुरा गरेका हुन् । तर, अर्धशतकमा एक रन थप्नासाथ आउट हुन पुगे र पछिका ब्याट्सम्यान दोहोरो अंक नै नजोडी पेभिलियन फर्कनु पर्दा नेपालको हार निश्चित बन्यो ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version