चीन (एजेन्सी) : कोरोना भाइरसले महामारीको रुप लिइरहेका बेला चीन सरकारले आमनागरिक आतंकित बनाउने काम अमेरिकाले गरेको आरोप लगाएको छ ।
अमेरिकाले शुक्रबार मात्रै जनस्वास्थ्य आपतकाल घोषणा गर्दै चीन घुमेर दुई हप्ता अगाड फर्किने सबै मुलुकका नागरिकलाई अमेरिकामा प्रवेश निषेध गरेको थियो । यो घोषणाका कारण पनि मानिसमा डर सिर्जना गरेको चिन्ता फैलाएको आरोप चीनका विदेश मन्त्रालयका प्रवक्ता हुवा चिनिंगले लगाए ।
उनले अमेरिकाले सहायता प्रस्ताव गर्नुको सट्टा भ्रम र डर फैलाउने काम गरेको बताइन ।
चीन भ्रमण गर्ने नागरिकलाई यात्रा निषेध गर्ने यो पहिलो देश हो, उनले भनिन ।
अमेरिकाले चीनबाट फर्किने नागरिकलाई प्रवेशमा रोक लगाए लगत्तै अष्ट्रेलियाले पनि केही समयका लागि चिनियाँ नागरिकलाई आगमनमा रोक लगाएको छ ।
चीनमा मात्रै १७ हजार मानिस कोरोना भाइरसबाट संक्रमित छन । चीन बाहिर भने १५० जना संक्रमित भएको खबर छ भने फिलिपिन्समा यही भाइरसका कारण एक जनामो मृत्यु भइसकेको बिबिसीले जनाएको छ ।
