काठमाडौं : नेपालले आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिज अन्तर्गत ओमानसँगको खेलमा उत्कृष्ट प्रदर्शन गरेको छ ।
टीयू क्रिकेट मैदानमा टसमा हारेर ब्याटिङ गरि रहेको ओमान ४२ ओभरमा ७ विकेटको नोक्सानीमा १२४ रनको कमजोर अवस्थामा पुगेको छ ।
तीब्र गतिका बलर करण केसीले पहिलो ओभरको अन्तिम बलमा ओपनर जतिन्दर सिंहलाई ४ रनमा बोल्ड आउट गरे । ओडीआई डेब्यू खेल खेलि रहेका अभिनाश बोहराले दोस्रो ओभर डट राख्दै दबाब बढाए । तेस्रो ओभरको तेस्रो बलमा अकीब इलियास रन आउट हुनबाट बचे । शरद भेषवाकरले डाइरेक्ट प्रहार गरेको थ्रो स्टम नजिकैबाट बाहिरिएपछि रन आउट बाट जोगिएका थिए ।
तेस्रो ओभरका करणले १ रन दिदै थप दबाबमा राखे । करणलेनै सातौं ओभरको चौथो बलमा खावर अलीलाई विनोद भण्डारीबाट ५ रनमा क्याच आउट गराए ।
आठौं ओभरमा स्पिनर सन्दीप लामिछाने बलिङमा आएका थिए । १३ औं ओभरको तेस्रो बलमा दीपेन्द्र सिंह ऐरीले अकीबलाई १६ रनमा उत्कृष्ट रन आउट गराएपछि नेपाल अझ हाबी बनेको हो ।
अकीबले ३४ बलमा २ चौका प्रहार गरे । पारस खड्काले १६ औं ओभर मेडन राखे ।
१९ औं ओभरको चौथो बलमा स्पिनर सुशन भारीले कप्तान जीशान मकसुदलाई २० रनमा एलवी डब्यू आउट गरे । सुशनको अपिलमा एम्पारले आउट दिएका थिए । उनले ४० बलमा ४ चौका प्रहार गरे । एक बलपछि सुशनले विकेटकिपर सुरज कुमारलाई ज्ञानेन्द्र मल्लबाट शून्यमा क्याच गराएपछि नेपालको हाबी बनेको हो ।
सुशनकै बलमा ३३ रन बनाएका सन्दीप गौद पनि आउट भएका छन । फेरि पनि ऐरीको बलमा ओमानको सातौ विकेट झरेको छ । ओमानका बादल सिंह आउट भएका छन।
