काठमाडौं: नेपाली सेनाले अधिकृत क्याडेट पदका लागि भर्ना आह्वान गरेको छ । सेनाको भर्ना छनौट निर्देशनालय, कार्यरथी विभागले बिहीबार एक विज्ञापन प्रकाशित गर्दै खुला र समावेशीतर्फ कुल १५० सिटका लागि भर्ना आह्वान गरेको हो ।

नेपाली सेनाले २०७६/१०/२३ देखि ०७६/११/८ सम्म दरखास्त दिन इच्छुक व्यक्तिहरूलाई आग्रह गरेको छ ।

उम्मेदवारहरूको उमेर हद भने शैक्षिक योग्यताअनुरूप तोकिएको छ । सेनाका अनुसार, २१ वर्ष ननाघेका प्रमाणपत्र तह उत्तीर्ण र २४ वर्ष ननाघेका स्नातक उत्तीर्णले दरखास्त दिन सक्नेछन् । सैनिक सेवामै रहेका २६ वर्ष उमेर पार नगरेकाले पनि अधिकृत क्याडेटमा प्रतिस्पर्धा गर्न पाउनेछन् ।

यसपटक अनलाइन आवेदन दिने व्यवस्था मिलाइएको छ । नेपाली सेनाको आधिकारिक वेबसाइटमार्फत आवेदन भर्न सकिने व्यवस्था सेनाले मिलाएको हो । यद्यपि, अनलाइन आवेदन दिएको प्रिन्ट कपी तोकिएको भर्ना केन्द्रमा बुझाउनुपर्ने झन्झिटिलो व्यवस्था पनि सेनाले गरेको छ ।

थप जानकारीका लागि तलको लिंक क्लिक गर्नुहोस

http://old.gorkhapatraonline.com/epaper/view?paper=gorkhapatra&today=2020-02-06

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version