काठमाडौँ: नेपाली बजारमा आइतबार सुनको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेको हो ।

 

यसअघि शुक्रबार तोलामा ७५ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार ७६ हजार रुपैयाँमा कारोबार भएको हो ।

 

यस्तै तेजावी सुन तोमलामा ७५ हजार ७०० रुपैयाँमा कारोबार भएको छ ।

 

यस्तै आइतबार चाँदी अघिल्लो कारोबारको तुलनामा तोलामा ५ रुपैयाँ घटेर ८८० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version