काठमाडौं: आईसीसी वर्ल्डकप लिग टू अन्तरगत त्रिकोणात्मक सिरिजमा नेपालले ओमानलाई २५० रनको लक्ष्य लिएको छ । उसले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ ।

 

त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ५० ओभरमा ८ विकेट गुमाएर २४९ रन बनायो । नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ५६ रन बनाए ।

 

नेपालका लागि ज्ञानेन्द्र मल्लले ५६, पारश खड्काले ३८, विनोद भण्डारीले ३५, कुशल मल्लले २८, आरिफ शेखले २८, सुवास खकुरेलले २२ रन बनाए ।

 

ओमानका लागि अकिव इलयासले चार विकेट र मोहम्मद नदीमले तीन विकेट लिए ।

 

जारी प्रतियोगिताको पहिलो खेलमा ओमानसँगै नेपाल १८ रनले पराजित भएको थियो । दोस्रो खेलमा नेपालले अमेरिकालाई ३५ रनले पराजित गरेको थियो ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version