पोखरा  : पोखरास्थित सेती नदीको खोँचमा अड्किएका एक युवकलाई सोमबार प्रहरीले सकुशल उद्धार गरेको छ ।

 

पोखरा महानगरपालिका(९ पार्वती टोलस्थित सेती नदीको खोँचमा आफ्नो कुकुर अड्किएपछि कुकुरलाई बचाउन लाग्दा २३ वर्षीय आकाश गुरुङ आफैँ खोचमा खसेका थिए।

 

 

खोचमा फसेका गुरुङलाई स्थानीयहरुले देखी प्रहरीलाई खबर गरेपछि तत्कालै गण्डकी प्रदेश सशस्त्र प्रहरी गण पोखराको उद्दार समूह र वडा प्रहरी कार्यालय वैदाम कास्कीको प्रहरी टोली उक्त स्थानमा उद्दारको लागि खटिएको, प्रहरीले जनाएको छ।

 

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version