काठमाडौं : चीनमा कोरोना भाइसरसका कारण आइतबार सम्ममा ३ हजार ३ सय ८१ जना अस्पतालबाट डिस्चार्ज चएका छन्। चीनका स्वास्थ्य अधिकारीले दिएको रिपोर्ट अनुसार आइतबार मात्रै अस्पातलबाट ६ सय ३२ जना अस्पातलबाट डिस्चार्ज भएका हुन्।

 

चीनमा आइतबार सम्ममा मृत्यु हुनेको संख्या ९ सय ८ पुगेकाे छ। गत डिसेम्बरको अन्त्यमा चीनको वुहान प्रान्तमा फैलिएको कोरोना भाइरका कारण ४० हजार १ सय ७१ जनामा संक्रमण देखिएको जनाएको छ। चीनमा एक अमेरिकी र एक जापानी नागरिकको पनि ज्यान गएको छ।

 

कोरोना भाइसर चीनबाहेक २८ देशमा फैलिएको छ। चीनका अलबा फिलिपिन्स र हङकङमा पनि थप एक एक जनाको ज्यान गएको छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version