रौतहट: रौतहटमा एक वृद्धको हत्या भएको छ । जिल्लाको पूर्वीभेग दुर्गा भगवती गाउँपालिका–३ मत्सरी पर्साटोलका ६५ वर्षीय फेकन पण्डितको हत्या भएको हो ।

 

सोमबार राति अज्ञात समूहले पण्डितलाई उनकै गोठमा हतौडा प्रहार गरी हत्या गरेको पीडित परिवारले जनाएको छ ।

 

घरमा खाना खाएर गाउँबाट झण्डै १ किलोमिटर रहेको गोठमा सुत्न गएका उनी मंगलबार बिहान अबेरसम्म घरमा नफर्केपछि परिवारका सदस्य खोज्न जाँदा पण्डितको टाउकोमा हतौडा प्रहार गरी हत्या गरेको अवस्थामा गोठमै शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

 

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी निरीक्षक नविनकुमार सिंहले घटनाको पुष्टि गरेका छन् ।

 

रौतहटका प्रहरी प्रमुख एसपी रविराज खड्काले घटनाको सुक्ष्म तरिकाले अनुसन्धान भइरहेको बताउँदै अपराधी चाँडै नियन्त्रणमा आउने विश्वास व्यक्त गरे ।

 

मृतकको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल गौरमा पठाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version