काठमाडौं : विद्युत वितरण प्रणाली स्तरोन्नति तथा विस्तार आयोजनाको कार्यान्वयनका लागि युरोपेली लगानी बैङ्क (इआइबी) ले नेपाललाई साढे १२ अर्ब ऋण सहयोग गर्ने भएको छ ।

 

 

१०० मिलियन युरो अर्थात १२ अर्व ४१ करोड ऋण सहायता प्राप्त गर्ने सम्बन्धी वित्तीय सम्झौतामा गत माघ २९ मा हस्ताक्षर भएको अर्थमन्त्रालयद्धारा जारी विज्ञप्तिमा जनाइएको छ ।

 

 

सम्झौतामा उल्लेखित प्रतिवद्धताको प्रभावकारिताका लागि नेपालको तर्फबाट अर्थ मन्त्रालय, अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका सहसचिव श्रीकृष्ण नेपालले र यूरोपेली लगानी बैंकका तर्फबाट उक्त बैंकका डाइरेक्टर मारिया स बारागन र लिगल काउन्सेल बोर्जा ओक्जाङ्गोइटीले हस्ताक्षर गरी मेलमार्फत आदान प्रदान गरिएको थियो ।

 

 

नेपालको ५ नं, कर्णाली र सुदूरपश्चिम प्रदेशमा त्यहाँका जनताको विद्युतमा पहुँच बढाउने, विद्युत आपूर्तिको गुणस्तर एवम् दक्षता बढाउने र ऊर्जा व्यापारलाई सहजीकरण गर्ने उद्देश्य रहेको विद्युत वितरण प्रणाली स्तरोन्नति तथा विस्तार आयोजना सन् २०२३ को डिसेम्वर सम्ममा सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

 

नेपाल विद्युत प्राधिकरणले कार्यान्वयन गर्ने प्रस्तुत आयोजना अन्तर्गत ३३र११ किलो भोल्टका सवस्टेसनहरु तथा ३३ किलो भोल्टका आपूर्ति लाईनहरु निर्माण गर्ने, ११ किलो भोल्टका आपूर्ति लाईनहरु, वितरण ट्रान्सफर्मरहरु र न्यून भोल्टेजका आपूर्ति लाईनहरु निर्माण गर्ने र आयोजनाको कार्यान्वयनमा सहयोग गर्ने क्षमता विकासका क्रियाकलापहरु सञ्चालन हुनेछन् ।

 

 

प्रस्तुत आयोजनामा नपुग हुने रकममध्ये ११२ दशमलब ३ मिलियन अमेरिकी डलर बराबरको ऋण सहयाता एशियाली पूर्वाधार लगानी बैंकबाट पनि सहलगानीको रुपमा सहभागी हुनेसम्बन्धि वार्ता भइसकेको जनाइएको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version