काठमाडौं : स्ट्राइकर सावित्रा भण्डारी (साम्बा) र मिडफिल्डर अनिता बस्नेत भारतीय महिला लिगमा सहभागी भएर आज सोमबार नेपाल फर्किएका छन्।

राष्ट्रिय टोलीकी स्टार खेलाडी सावित्राको लिगमा उत्कृष्ट प्रदर्शन रह्यो । उन्री आवद्ध गोकुलम केरला एफसीले पहिलो पटक लिगको ट्रफी उचालेको थियो।

 

लिगमा अनिता सम्मिलित सेथु एफसी भने गोकुलमसँगै पराजित हुँदै सेमिफाइनलबाटै बाहिरियो।

 

एक छनोटसहित लिग चरणका सबै खेलमा पहिलो रोजाइमा मैदान उत्रेकी सावित्राले ८ खेलमा १९ गोल गर्दै सर्वािधक गोलकर्ता समेत बनिन्।

 

सर्वाधिक गोलकर्ता बनेसँगै उनले १ लाख भारतिय रुपैयाँ पाएकी थिइन्। गत संस्करण एकै टोलीबाट खेलेका यी २ खेलाडीले यो संस्कररण फरक क्लब रोजेका थिए।

 

साविक विजेता समेत रहेको सेथुलाई उपाधि दिलाउन सावित्राले उत्कृष्ट प्रदर्शन गरेकी थिइन्। गत संस्करण उनले १५ गोल गरेकी थिईन्।

 

यो संस्करण पूर्वक्लबलाई रोजेकी अनिताले सेथुको ३ गोलमा उत्कृष्ट अशिष्ट गरेकी थिइन्। उनले भनिन्, ुनिकै राम्रो अनुभव रह्यो, धेरै कुरा सिक्न पाइयो यसले अझै सहयोग गर्नेछ।ु सावित्रा र अनिता महिला लिग खेल्न गत माघ ७ गते भारत प्रस्थान गरेका थिए।

 

यसअघि यी दुवै खेलाडीले माल्दिभ्समा फुटसल लिग पनि खेलेका थिए। नेपालबाट विदेशी भूमिमा व्यावसायिक फुटबल खेल्ने साम्बा र अनिता पहिलो महिला खेलाडी हुन्।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version