काठमाडौं : नेपालका दिवेश पोखरेल अमेरिकन आइडलमा छनोट भएका छन्।

 

काठमाडौंका दिवेश पढाइको सिलसिलामा अमेरिका पुगेका हुन्। दिवेश अमेरिकन आइडलको १८ औं सिजनमा प्रतिस्पर्धाका लागि सहभागी भएका थिए।

 

आइतबार दिवेश अमेरिकन आइडलमा छनौटमा परेका हुन्। अडिसनमा दिवेशले बब डाइलनको ‘गर्ल फ्राम दि नर्थ कन्ट्री’ भन्ने गीत गाएका थिए।

 

जुन आइडलका सबै जजले मन पराएका थिए। उनको गीत सुनेपछि सबै जजले दिवेशलाई ‘हलिउडमा स्वागत छ’ भनेका थिए।

दिवेश पोखरेलले आफ्नो स्टेज नाम ‘अर्थर गन’ रहेको बताएका छन्।

 

अमेरिकन आइडलमा हाल जजका रुपमा चर्चित गायक गायिका लुक ब्रायन, केटी पेरी र लयोनल रिची छन्।तीनै जजले दिवेश पोखरेलको प्रशंसा गरेका थिए।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version