जनकपुरधाम : प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधाममा एक महिलामाथि सामूहिक बलात्कार भएको छ ।

जनकपुरधाम उपमहानगरपालिकामा बस्ने ४० वर्षीय महिलालाई सोमबार ४ जना यूवक मिलेर सामुहिक बलात्कार गरेको घटना सार्वजनिक भएको हो ।

 

बलात्कार गर्नेहरुमध्ये २ जना प्रहरी नियन्त्रणमा रहेको जिप्रका धनुषाले जनाएको छ ।

 

बलात्कार गरेको आरोपमा पक्राउ पर्नेमा महोत्तरीको औरही नगरपालिका वडा नम्बर ७ का २५ नरेश महतो र भारतको विहार प्रान्त मधुवनी जिल्लास्थित कलुवाही बस्ने ४९ वर्षीय राघवेन्द्रकुमार सिंह रहेको प्रहरी निरीक्षक अशोक झाले जनाए ।

 

फरार रहेका २ जनाको खोजी कार्य तिव्ररुपमा भइरहेको प्रहरी निरिक्षक झाले जानकारी दिए ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version