काठमाडौं: राष्ट्रपति विद्यादेवी भण्डारी महाशिवरात्रि तथा सेना दिवसका उपलक्ष्यामा नेपाली सेनाद्वारा सैनिक मुख्यालय जङ्गीअड्डामा आइतबार साँझ आयोजित स्वागत तथा सांस्कृतिक कार्यक्रममा सरिक भएकी छिन् ।

समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेललगायत उपस्थित रहेका थिए ।

संवैधानिक निकायका प्रमुख, सरकारका उच्चपदस्थ अधिकृत, यहाँस्थित कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि तथा समाजका विभिन्न क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तिहरुको समारोहमा उपस्थिति थियो ।

उक्त संस्कृतिक कार्यक्रममा सेनाले देशको जातीय आधारमा पहिचान झल्किने नृत्य प्रस्तुत गरेको थियो। आज साँझको यस कार्यक्रम संगै सेना दिवससंग सन्दर्भित सबै कार्यक्रम सम्पन्न भएको समेत सेनाले जनाएको छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version