काठमाडौँ : काठमाडौँ उपत्यकामा रहेका पुराना पाइपहरु क्रमशः विस्थापित हुने भएका छन् ।

मेलम्ची खानेपानी आयोजनाका लागि आयोजना कार्यान्वयन निर्देशनालयले निर्माण गरेकै पाइपबाट सबै पानी वितरण गर्ने हुँदा पुराना पाइप अब प्रयोगमा नआउने भएको छ ।

हालका लागि पुरानै पाइपबाट पानी वितरण भए पनि आगामी वर्षबाट निर्देशनालयले निर्माण गरेकै पाइपबाट पानी वितरण गरिने काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल० का प्रमुख कार्यकारी अधिकृत मिलन शाक्यले बताए ।

 

उनका अनुसार पुराना पाइप प्रयोगमा नआउँदा अहिले रहेकै स्थानमा छाडिनेछ ।

सय वर्षभन्दा पुराना पाइप पुनः प्रयोगमा आउन सक्ने सम्भावना कम रहेको छ । उनले भने, “ती पाइप निकाल्दा खर्च लाग्ने र सडक भत्कने हुँदा त्यसै छाडिनेछ ।”

 

मेलम्चीको पहिलो चरणमा मेलम्चीबाट आउने झण्डै १७ करोड र उपत्यकामा हाल केयुकेएलले वितरण गरिरहेको झण्डै चार÷पाँच करोड गरी नयाँ बनेका पाइपबाट दैनिक झण्डै २४ देखि २५ करोड लिटर पानी वितरण हुने प्रमुख कार्यकारी अधिकृत शाक्यले जानकारी दिए ।

 

निर्देशनालयले बिच्छ्याएका पाइपमा उपत्यकाकै स्रोतबाट पानी हालेर परीक्षण भइरहेको छ । मेलम्चीकै पानी हालेर परीक्षण भने गर्न बाँकी रहेको उनले बताए । उनले भने, “निर्देशनालयले मेलम्चीको पानी हालेर पाइपको अवस्था, चुहावट लगायतका बारेमा बुुझिनेछ ।”

निर्देशनालयले हाल निर्माण गरिरहेका संरचना सम्पन्न भएपछि केयुकेएललाई नै हस्तान्तरण गर्नेछ । केयुकेएलले हाल वितरण गरिरहेको पानी र मेलम्चीबाट थप हुने पानी वितरणका लागि आवश्यक तयारी अघि बढाइरहेको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version