काठमाडौं : नेपाली सेनाका उपरथी ईश्वर हमाल, संयुक्त राष्ट्रसंघको डिसइन्गेजमेन्ट अभजर्भर फोर्स (युएनडफ) को मिसन प्रमुख तथा फोर्स कमान्डर बनेका छन ।

 

सोही मिसनको कार्यवाहक प्रमुख तथा फोर्स कमान्डका रुपमा अक्टुबर २०१९ देखि कार्यरत् नेपालकै अर्का मेजर जनरल शिवराम खरेलको ठाउँमा हमाललाई दिइएको जिम्मेवारी संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनिओ गुटेरेसले अनुमोदन गरेका हुन ।

 

साथै आफ्नो जिम्मेवारी कुशलताका साथ पुरा गरेकोमा जनरल खरेललाई राष्ट्रसंघीय महासचिव गुटेरेसले धन्यवाद दिएको राष्ट्रसंघले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

खरेलको अवधि समाप्ती लगत्तै हमाललाई नियुक्ती गरिएको र सो नियुक्तीलाई महासचिवले अनुमोदन गरेका हुन ।

सन् १९८३ मा अफिसरको रुपमा हमाल नेपाली सेनामा प्रवेश गरेका थिए ।

राष्ट्रसंघको शान्ति मिशनमा पनि उनले सन् १९९० देखि ९१ सम्म, सन् १९९३–१९९४ सम्म, सन् २०००, र सन् २००६ देखि २००७ सम्म महत्वपूर्ण जिम्मेवारी पुरा गरेको राष्ट्रसंघले जनाएको छ।

त्रिभुवन विश्वविद्यालयबाट सार्वजनिक प्रशासनमा स्नातकोत्तर गरेका हमालले अमेरिकाको आर्मी वार कलेजबाट स्ट्राटेजिक स्टडिजमा स्नातकोत्तर पनि हासिल गरेका छन्।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version