मस्को:  रुसको क्रास्नोयारस्कले क्षेत्रमा भएको हेलिकोप्टर दुर्घटनामा परी १८ जनाको मृत्यु भएको छ ।

क्षेत्रीय आपतकालिन सेवा अधिकारीहरुले विमानमा १८ जना नै रहेका र ती सवै जनाको मृत्यु भएको शनिबार जानकारी दिएका हुन् ।

स्थानीय समयानुसार शनिबार विहान १०.२० बजे सो हेलिकोप्टर दुर्घटनामा परेको अधिकारीहरुले बताएका छन् । प्रारम्भिक विवरणहरुका अनुसार प्राविधिक गढबढी र चालकका कारण हेलिकोप्टर दुर्घटना भएको बताइएको छ ।

हेलिकोप्टर उडेर दुई किलोमिटर दुरीपार गरेपछि दुर्घटनामा परेको थियो । विमानमा रहेका र दुर्घटनामा परी मृत्यु भएका मध्ये १५ जना यात्रु र अरु तीन जना चालक दलका सदस्य रहेका थिए ।

 

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version