काठमाडौँ: नेकपाले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा पठाउने निर्णय गरेको छ ।
बुधबार बसेको सचिवालय बैठकले उपाध्यक्ष गौतमलाई राष्ट्रिय सभामा पठाउने निर्णय गरेको सचिवालय सदस्य तथा प्रवक्ता नारायणकाजी श्रेष्ठले पहिलोक्लिकलाई जानकारी दिए ।
यस्तै संविधान संशोधनका लागि गृहकार्य गर्न कार्यदल बनाइएको भनिए पनि त्यो क्रियाशील नहुने पनि उनले बताए ।
Facebook Comments Box
