काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघको बरिष्ठ उपाध्यक्षमा चन्द्र ढकालले उम्मेद्वारी घोषणा गरेका छन् ।  राजधानीमा आज आयोजित एक कार्यक्रमको आयोजना गरी ढकालले औपचारिक रुपमा आफ्नो उम्मेद्वारी घोषणा गरेका हुन् ।

 

उम्मेद्वारी घोषणा गर्ने क्रममा उनले करका कानुनहरु सुधार गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘निजी क्षेत्रलाई करको बोझमा दवाउने अहिलेको व्यवस्थामा परिवर्तन गर्नुपर्छ । करका विविधताको कारण उद्योग व्यवसायीहरु मारमा परेका छन् । कर कानुनहरुको सुधार गर्नुपर्ने अवस्था छ ।’

 

यस्तै उनले भिसिटिएस र अनिवार्य प्यानले साना तथा मझौला व्यवसायी मारका परेको भन्दै त्यसको समस्या समधानका माध्यमहरु खोजिनु पर्ने बताए ।

 

विदेशी लगानी नेपाल भित्र्याउनका लागि देशमा मात्र नभएर विदेशसम्म ठूला ठूला मेगा इभेन्ट गर्नुपर्ने बताउँदै उद्योगी व्यापारीहरुले विदेशी लगानीकर्तालाइ नेपालको साझेदार बनाउन विदेशमा एक्सपोजर भ्रमणहरु बढाउनुपर्नेमा जोड दिए ।

 

पूर्व अध्यक्ष सुरज बैद्य, चण्डिराज ढकाल र महासंघका ५ वटा प्रदेशका अध्यक्षहरुको उपस्थितिमा ढकालले बरिष्ठ उपाध्यक्षमा उमेद्वारी घोषणा गरेका हुन्।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version