काठमाडौं : नेप्सेले आज फेरि नयाँ रेकर्ड बनाएको छ ।

पछिल्ला केही दिनयता निरन्तर उकालो लागेको नेप्सेमा कारोबार रकम पनि उत्तिकै उच्च दरले बृद्धि हुँदै गएको छ ।

आज बुधबार सेयर बजार परिसुचक ५० दशमलब ९३ अंकले बढेर एक हजार ५९६ कायम भएको छ । कारोबार रकम एकैदिन ४ अर्ब १५ करोड पुर्याएर नयाँ रेकर्ड कायम गरेको छ।

आजको कारोबारमा कुल १ सय ८० कम्पनीको सेयर किनबेच भएकोमा ४७ वटा कम्पनीका लगानीकर्ताले मात्रै गुमाएका छन् । तीन वटा कम्पनी एभरेष्ट बैंक, राष्ट्रिय बीमा कम्पनी र युनिलिभर लिमिटेडको सेयरमा सर्किट ब्रेक लागेको छ ।

सेयर बजारमा सबैभन्दा ठूलो हिस्सा ओगटेको बाणिज्य बैंक समूहको सुचक तीन दशमलव ८६ प्रतिशतले बढ्दा नेप्सेमा उच्च वृद्धि हुन पुगेको हो ।

त्यस्तै, जीवन बीमा समूहको सुचक ६।१२ प्रतिशतले बढेको छ भने उत्पादनमूलक समूहको सुचक ४।६३ प्रतिशतले बढेको छ । निर्जीवन बीमा समूह, होटल र म्युचुअल फण्डको सुचक तीन प्रतिशतभन्दा बढिले बढेको छ ।

आज धेरै कारोबार गर्नेमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, शिवम सिमेन्ट र नेपाल बैंक छन् । नेपाल लाइफको कारोबार झण्डै २२ करोड छ भने शिवमको १८ करोड ४९ लाख, नेपाल बैंकको १७ करोड ९६ लाख रुपियाँको वृद्धि छ ।

अधिकांश कम्पनीका लगानीकर्ताले आकर्षक कमाई गर्दा रादि विद्युत कम्पनीका लगानीकर्ताले उच्च दरमा घाटा सहेका छन् । त्यस्तै, बोटलर्स नेपालको सेयर ४ सय रुपियाँले घटेको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version