काठमाडौं : कोरोनाभाइरस (कोविड १९) संक्रमणको आशंकामा जापानको योकोहाबाट भारत सरकारले एक नेपाली सहित एक सय २४ जनाको उद्धार गरेको छ।

एक पानीजहाजबाट उद्धार गरिएका तीनीहरुलाई भारतको मन्सेरास्थित क्वारेन्टाइनमा राखिएको छ।

भारतको नयाँदिल्लीस्थित नेपाली दूतावासका प्रवक्ता हरि ओडारीका अनुसार उनलाई त्यहाँ १४ दिनसम्म राखिनेछ।

जापानको योकोहामा पोर्टमा रोकिएको डाइमन्ड प्रिन्सेस पानीजहाजमा रहेका आफ्ना ११९ नागरिकलाई उद्धार गर्ने क्रममा भारत सरकारले नेपाल, श्रीलंका, दक्षिण अफ्रिका र पेरुका एक एक जना नागरिक गरी १२४ जनाको उद्धार गरेको हो ।

आफूलाई व्यक्तिगत रूपमा जानकारी आएकाले ती नेपालीको नाम ठेगाना खुल्न बाँकी रहेको प्रवक्ता ओडारीले बताए।

भारतका विदेशमन्त्री डा। एस जयशंकरले पनि ट्विट गर्दै यसबारे जानकारी दिएका छन ।

आज बिहीबारसम्ममा ६ सय २१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

यस्तै अमेरिकाले लगेका ४ सय ५० यात्रुमध्ये १४ जनामा संक्रमण पाइएको अमेरिकी सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

दुई हप्तासम्म योकोहामा तटमा रोकिएको पानीजहाजमा हालसम्म संक्रमण नपाइएकाहरूलाई स्वास्थ्य परीक्षण गर्दै छाड्ने काम भइरहेको जापानी अधिकारीहरूले बताएका छन्।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version