काठमाडौं : शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ।
बैंकको हिजो चैत १ गते शनिबार बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई चुक्ता पूँजीको १५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो।
हाल २ अर्ब ६२ करोड २९ लाख रुपैयाँ रहेको बैंकको चुक्ता पूँजी ३९ करोड ३४ लाख ३५ हजार ६१८ रुपैयाँ बराबरको बोनस वितरणपश्चात ३ अर्ब १ करोड रुपैयाँ पुग्नेछ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी साधारणसभाले पारित गरेपछि शेयरधनीहरुले प्राप्त गर्नेछन्।
अघिल्लो आर्थिक वर्ष २०७४र७५ को मुनाफाबाट भने बैंकले १७।७० प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.६३ प्रतिशत नगद लाभांश वितरण गरेको थियो।
