काठमाडौं : कोरोना भाइरस (कोभिड–१९ं) विश्वभर फैलिरहेका बेला नेपाली खेलजगतमा पनि यसबाट बच्न पूर्वतयारी थालिएको छ ।

यसको जोखिमबाट बच्न राष्ट्रिय खेलकुद परिषद्ले एक साताका लागि सबै खेल गतिविधि बन्द गर्ने निर्णय गरेको छ ।

परिषद्का सदस्य सचिव रमेश कुमार शिलवालको अध्यक्षतामा आज मंगलबार बसेको बैठकले एक हप्तासम्म खेलकुदसँग सम्वन्धित कुनै पनि प्रतियोगिता, प्रशिक्षण, सभा, सम्मेलन, गोष्ठी, सेमिनारलगायत मानवीय भेला हुने सम्पूर्ण गतिबिधि बन्द गर्ने निर्णय गरेको हो।

बैठकले तत्काललाई एक हप्ताका लागि सम्पूर्ण खेल गतिबिधि बन्द गर्ने र त्यस पश्चात परिस्थिती हेरेर निर्णय गरिने जनाएको छ।

साथै खेलाडी, प्रशिक्षक, खेल पदाधिकारी, कर्मचारीहरु, खेलसँग सम्वन्धित ब्यक्तिहरु र आम जनमानसलाई पनि सचेतना अपनाउन परिषदले आव्हान गरेको छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version