चितवन : भरतपुरमा ७२ घण्टामा कोरोना विशेष ९अस्थायी० अस्पताल सञ्चालनमा ल्याइएको छ ।

साधारण ५० श्यया तयार गरी सेवा प्रारम्भ गरिएको हो । १०÷१० श्ययाको सघन उपचार कक्ष र हाइ डिपेन्डेन्ट युनिट ९एचडीयु०को निर्माण कार्य भइरहेको छ ।

वाग्मती प्रदेशका तर्फबाट सामाजिक विकासमन्त्री युवराज दुलालले बिरामी र स्वास्थ्यकर्मीलाई आवश्यकपर्ने व्यक्तिगत सुरक्षा सामग्री ९पिपिइ० भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाललाई हस्तान्तरण गरी अस्पताल शुभारम्भ भएको घोषणा गरे ।

सो अवसरमा मन्त्री दुलालले भने, “कोरोना भाइरससँग लड्न सक्षम छौँ भन्ने सन्देश भरतपुरले दिएको छ ।” अहिलेको विसंम परिस्थितिमा आम नेपाली एकजुट भएर चुनौतीलाई परास्त गर्नुपर्ने उनको भनाइ थियो ।

 

प्रदेशमा एक हजार श्ययाको आइसोलेसन र ३०० श्ययाको सघन उपचार कक्ष तयारी अवस्थामा रहेको जानकारी उनले दिए।

मन्त्री दुलालले वाग्मती प्रदेशको हेटौँडामा मात्रै ५०० श्ययाको क्यारेन्टाइन ९निगरानी कक्ष० तयार गर्ने काम भइरहेको बताए । सरकारले रोग भित्रिन नदिनका लागि काम गरिरहेको भन्दै उनले विमानस्थलदेखि सबै नाकामा जाँचलाई कडाइ गरेको बताए ।

सो अवसरमा भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले महानगरले जनताको वास्तविक अभिभावकत्व ग्रहण गर्दै छोटो समयमा यो काम सम्पन्न गर्न सकेको बताए ।

स्थानीय सरकार, प्रदेश सरकार र सङ्घीय सरकारको परामर्शमा काम भइरहेको भन्दै उनले सरोकारवालाको सहयोग र निरन्तर खटाइका कारण अस्पताल निर्माण गर्न सफलता मिलेको बताए ।

कार्यक्रममा नेपाल चिकित्सक सङ्घका केन्द्रीय उपाध्यक्ष डा अनिलविक्रम कार्कीले चिकित्सक र स्वास्थ्यकर्मीलाई उच्च मनोबलका साथ काम गर्न सुरक्षित औजार उपकरण आवश्यक रहेको बताए । उनले भने, “हामी डराएका होइनौँ, डराउँदैनौँ पनि, नडराउँदा पनि भोलि केही भए राज्यले हेर्छ भन्ने प्रत्याभूति दिलाउनुपर्छ ।”

भरतपुर महानगरका स्वास्थ्य विज्ञ डा भोजराज अधिकारीले बिरामी सोझै यस अस्पतालमा नआएर पाँच चरण पूरा गरेपछि मात्रै उपचारमा जाने बताए ।

पहिलो चरणमा घरबाटै चिकित्सकसँग टेलिफोनमा परामर्श गर्न अनुरोध गर्दै उनले घरबाट सम्भव नभएमा दोस्रो चरणमा स्थानीयस्तरका स्वास्थ्य केन्द्रमा फिवर क्लिनिकमा परीक्षण गर्न आग्रह गरे । त्यहाँको परमर्शअनुसार आउनुपर्ने बिरामीलाई कोरोना अस्पतालका मूलद्वारमा नै परीक्षण गरी थप परीक्षण गर्नुपर्ने नदेखिएमा घर पठाइनेछ ।

परीक्षण गर्नुपर्नेलाई अस्पतालको बहिरङ्ग सेवामा पठाइनेछ । त्यहाँ परीक्षणपछि आवश्यक परे मात्रै भर्ना प्रक्रिया अगाडि बढाइने उनले जानकारी दिए ।

जिल्लाका १० विशेष चिकित्सकको मोबाइल नं सार्वजनिक गरिएको भन्दै उनले ती नम्बरमा सम्पर्क गर्न सबैमा आग्रह गरे। सकेसम्म सामान्य अवस्थामा अस्पताल नआउन उनको सुझाव थियो ।

अस्पताल सञ्चालन गर्नका लागि भरतपुर अस्पताल, बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, चितवन मेडिकल कलेज र कलेज अफ मेडिकल साइन्सेसले आवश्यक श्यया एवं उपकरण उपलब्ध गराएका छन् । निजी अस्पताल समन्वय समितिले प्रयोगशाला र रेडियोलोजी विभागको संयोजन गरिरहेको छ भने उद्योग वाणिज्य सङ्घ चितवन र उद्योग सङ्घ चितवनले थप आवश्यक सामग्री सहयोग गरिरहेका छन् । नपुग सामग्री भरतपुर महानगरपालिकाले खरिद गरेर अस्पताल सञ्चालनमा ल्याइएको हो ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version