काठमाडौं: इटालीमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट एकै दिन ६२७ जनाको मृत्यु भएको छ । इटलीमा एकै दिनमा मृत्यु भएको यो संख्या हालसम्मकै धेरै हो ।

यससँगै इटलीमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ४ हजार नाघेको छ । इटलीमा कोरोनाबाट ३७ हजार ८ सय ६० जना संक्रमित छन् भने तीमध्ये २ हजार ६ सय ५५ जनाको अवस्था गम्भीर छ ।

इटलीको उत्तरी क्षेत्र लोम्बार्डीको अवस्था दर्दनाक छ । इटलीमा कोरोनाको पहिलो संक्रमण लोम्बार्डीमै पुष्टि भएको थियो । कोरोना संक्रमितको संख्या बढेपछि उपचारमा कठिनाइ भइरहेको जनाइएको छ ।

कोरोना संक्रमण रोकथाम र बिरामीको उपचारका लागि इटलीमा खटिएका चिनियाँ विशेषज्ञको टोलीले लोम्बार्डीमा लगाइएको प्रतिबन्ध कडा र पर्याप्त नभएकोसमेत बताएका छन् । एजेन्सी

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version