काठमाडौँ: नेपाल उद्योग वाणिज्य महासंघले मुलुकको आर्थिक विकास र अर्थतन्त्रसँग प्रत्यक्ष जोडिएका मुद्दामा वहस र पैरवी गर्न पूर्व अर्थमन्त्री विचार मञ्च गठन गरेको छ।
महासंघमा शुक्रबार पूर्व अर्थमन्त्रीहरु डा प्रकाशचन्द्र लोहनी, डा रामशरण महत, सुरेन्द्र पाण्डे, वर्षमान पुन र ज्ञानेन्द्रबहादुर कार्कीसहितको भेलाले यो मञ्च गठन गरेको हो।
भेलामा पूर्व प्रधानमन्त्री तथा अर्थमन्त्री बाबुराम भट्टराई, महेश आचार्य र विष्णु पौडेल भने उपस्थित थिएनन्। भेलामा महासंघकी अध्यक्ष भवानी राणा, निवर्तमान अध्यक्ष पशुपति मुरारका, वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, उपाध्यक्षहरू चन्द्रप्रसाद ढकाल, किशोर प्रधान र महासंघका महानिर्देशक धरणीधर खतिवडाको उपस्थिति थियो।
