काठमाडौँ : विश्वव्यापी सङ्क्रमण भइरहेको कोभिड १९ को रोकथाम र जोखिम न्यूनीकरणमा सिङ्गो मुलुक केन्द्रित भएका बेला कृषि विकास बैङ्कले नेपाल सरकारको पहललाई साथ दिन एक करोड पच्चिस लाख रुपैयाँ प्रदान गरेको छ ।

मानवीय विपत्का घडीमा देशमा कोभिड–१९ को सम्भावित संक्रमण, रोकथाम र नियन्त्रण गर्न सरकारले गरेको पहलकदमीलाई साथ दिन उक्त विपद्बाट सिर्जना हुन सक्ने जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि बैंकबाट संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नेपाल सरकारले निर्धारण गरेको उपयुक्त कोषमा जम्मा हुने गरी प्रदान गरेको बैंकले जनाएको छ ।

साथै उक्त विपतको कारणबाट ज्यान गुमाउनेहरु प्रति चिर शान्तिको कामना गर्दै, विरामीहरुको शिघ्र स्वास्थ्यको लाभको कामना समेत गरेको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version