धनगढी : जिल्ला प्रशासन कार्यालय कैलालीले आज दिउँसो २ बजेदेखि अर्को आदेश नभएसम्मका लागि कोरोनाको सङ्क्रमण फैलिन नदिन कुनै पनि गतिविधि हुन र गर्न नदिने गरी जिल्लाभरि निषेधाज्ञा जारी गरेको छ ।

 

कार्यालयले आज जारी गरेको सूचनामा कैलाली जिल्ला कोरोनाको सम्भावित सङ्क्रमणको उच्च जोखिममा रहेको परिप्रेक्ष्यमा यसको सम्भावित सङ्क्रमणको प्रभावकारी रोकथाम तथा नियन्त्रण र यसको सङ्क्रमण फैलिन नदिन नेपाल राजपत्रले तोकेका अत्यावश्यक बाहेकका अन्य सेवा आज दिउँसो २ बजेदेखि अर्को आदेश नभएसम्मका लागि स्थानीय प्रशासन ऐनअनुसार नगर्न नगराउन हुन यो निषेधाज्ञा जारी गरिएको उल्लेख गरिएको छ ।

 

उक्त आदेशको उल्लङ्घन गर्नेलाई कानूनबमोजिमको कारवाही गरिने समेत सूचनामा उल्लेख गरिएको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version