काठमाडौँ : सर्वोच्च अदालतमा विदेशमा रहेका नेपालीलाई स्वदेश प्रवेश गर्न दिनुपर्ने मागसहित रिट दायर दायर गरिएकोे छ । कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि सरकारद्वारा गठित उच्चस्तरीय समितिसहित आठ सरकारी निकाय तथा समितिलाई विपक्षी बनाएर आज अधिवक्ताद्वय माधव बस्नेत र मीरा खड्का बस्नेतले दायर गरेको रिट निवेदनमा नेपालीलाई प्रवेश रोक्ने कार्य गैरकानूनी भएको उल्लेख छ ।

रिट निवेदनमा भनिएको छ, “नेपाली नागरिकलाई विदेशमा असुरक्षित रुपमा राख्नुपर्ने आवश्यकता नरहेकाले नेपाल आउन चाहने प्रत्येक नेपालीलाई प्रवेश निषेध नगरी सहज अनुमपति दिनु ।” आफू आउन नसक्नेलाई सरकारले उद्धार गरी ल्याउनसमेत रिट निवेदनमा माग गरिएको छ ।

कोभिड–१९ को जोखिम न्यूनीकरणका लागि सरकारले गत साता युरोपका सबै मुलुक, पश्चिम एशियालगायत खाडी मुलुक इरान, टर्की, मलेसिया र जापानबाट आउने तथा ती मुलुकका ट्रान्जिट बनाइ जुनसुकै मुलुकबाट आउने यात्रुहरुलाई प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । आइतबारदेखि नेपाल आउने सबै नियमित उडानसमेत बन्द गर्ने निर्णय गरेको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version