काठमाडौं : पर्सि मंगलबार बिहानसम्मका लागि घोषणा गरिएको लकडाउन चैत २५ गतेसम्मका लागि थपिएको छ ।
आज आइतबार दिउँसो सिंहदरबारमा बसेको उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको कोरोना भाइरस रोकथाम उच्चस्तरीय समन्वय समितिले लक डाउनको अवधि ७ दिन थप्नुपर्ने निष्कर्ष निकाल्दै सरकारलाई सिफारिस गरेको हो ।
यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधन गर्दै चैत ११ देखि १८ गतेसम्म लक डाउन घोषणा गरेका थिए ।
यसैगरी बैठकले लकडाउनका कारण प्रभावित भएका नागरिक तथा मजदुरहरूलाई राहत प्याकेज घोषणा गर्न पनि सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ ।
समितिले गरेका निर्णयहरू अनुमोदन भने मन्त्रिपरिषद् बैठकले गर्नेछ ।
