काठमाडौँ: नेपाली राष्ट्रिय क्रिकेट टोलि सोमबार स्वदेश फर्किएको छ । राष्ट्रिय टोलि इङ्ग्ल्याण्डको लार्ड्स र नेदरल्यान्ड्समा भएको दुई एक दिवशीय क्रिकेट खेलेर आज नेपाल फर्किएको हो ।

नेपाल र नेदरल्यान्ड्सबीच भएको खेल एक एकको बराबरीको शृंखला बराबरीमा सकिएको थियो ।

नेपालको पहिलो एक दिवशीय खेल खेलको नेपालले आफ्नो सुखद अन्त्य गर्दै नेपाल फर्किएको हो ।

तस्बिर: विकास श्रेष्ठ

नेपालभन्दा राम्रो स्थानमा रहेको नेदरल्यान्ड्सलाई नेपालले राम्रो चुनौती दिंदै नेपाल पनि कुनै कम नरहेको दावेदारी प्रस्तुत गरेको हो ।

टोलिमा सन्दीप लामिछाने भने नेपाल फर्किएका छैनन् । उनी क्यारीवियन लिग क्रिकेट खेल्न उतैबाट वेस्ट इन्डिज गएका छन् ।

 

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version