काठमाडौँ: नेपाली सेनाले कोरोना भाइरससम्बन्धी स्वास्थ्य सामग्री किन्ने जिम्मा नेपाली सेनालाई दिएको छ। सेनाले आइतबार आफूलाई स्वास्थ्य सामग्री किन्ने जिम्मेवारी दिइएको बताएको छ।

सेनाले भिडिओ कन्फरेन्समार्फत सरकारले दिएको जिम्म्मेवारी इमान्दारीसाथ पूरा गर्ने बताएको छ।

‘हामी गुणस्तरमा सम्झौता गर्दैनौं। विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार खरिद गर्छौ,’ सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले भने,’रक्षा मन्त्रालयले स्वास्थ्यसँग समन्वय गरेर जिटुजीमार्फत स्वास्थ्य सामाग्री ल्याउने जिम्मेवारी दिएको छ। हामी मध्यस्तता प्रयोग गर्दैनौं।’

यसअघि सरकार स्वास्थ्य सामग्री किन्न ओम्नी इन्टरनेसनल कम्पनीसँग गरिएको सम्झौता रद्द गरेको थियो।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version