काठमाडौँ: लक डाउनलाई थप कडा बनाउन ट्राफिक प्रहरीले चक्रपथलगायत राजधानीका विभिन्न सडकमा तगारो राखेको छ।

मंगलबार बिहानदेखि चक्रपथको मुख्य लेन र अरू सडकका १५२ ठाउँमा तगारो राखिएको ट्राफिक प्रहरीले जनाएको छ।

मुख्य लेनमा तगारो राखिए पनि सर्भिस लेन भने खुलै राखिएको छ। यसैबीच मंगलबारमात्रै लक डाउन उल्लंघन गर्ने ५३६ सवारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

सरकारले कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि चैत ११ गतेदेखि देशव्यापी लक डाउन गरेको छ। सुरूमा चैत १८ सम्म गरिएको लक डाउन अहिले बढाएर वैशाख ३ गतेसम्म पुर्‍याइएको छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version