विराटनगर: विराटनगरमा कोरोना भाइरसको संक्रमण परीक्षणको तयारी पूरा भएको छ ।

कोशी अस्पतालमा स्थापना गरिएको कोरोना संक्रमण परीक्षण प्रयोगशाला (ल्याब) को प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले शुक्रबार निरीक्षण गरेका छन् ।

त्यस क्रममा मुख्यमन्त्री राईले कोशी अस्पतालमा राखिएको ल्याब काठमाडौं पछिको ठूलो क्षमताको भएको बताए । कोरोना परीक्षणका लागि आवश्यक उपकरण र केमिकल बिहीबार हेलिकप्टरबाट विराटनगर ल्याइएको थियो ।

कोशी अस्पताल विराटनगरकी मेडिकल सुपरिटेन्डेन्ट डा. संगीता मिश्राले संभवत शुक्रबार साँझदेखि परीक्षण शुरु गर्ने तयारी भएको बताइन् । ‘हामीले लगभग तयारी पूरा गरेका छौं’ उनले भनिन् ‘स्याम्पल आयो भने सम्भवतः आज साँझ परीक्षण गर्न सक्छौं ।’

प्रदेश सरकारले कोशी अस्पताल अन्तर्गत नै कोराना विशेष अस्पताल पनि सञ्चालन गरेको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version