कैलाली: कैलालीको लम्की चुहा नगरपालिका–१ मा एक ६५ वर्षीया महिलामा कोरोनाभाइरसको संक्रमण देखिएको छ । महिला लम्की वहुमुखी क्याम्पसको करेन्टाइनमा बस्दै आएकी थिइन् ।

नगरपालिकाका प्रमुख महादेव बजगाइँका अनुसार शुरुमा –यापिड टेस्ट गर्दा सो महिलामा कोरोना नेगेटिभ देखिएको थियो । तर, पीसीआर मेसिनबाट थप परीक्षण गर्दा उनमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालय स्रोतले पनि पीसीआर प्रविधिबाट उनमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको जनाएको छ।

उनलाई अहिले आइसोलेसनमा राख्नका लागि एम्बुलेन्सबाट सेती प्रादेशिक अस्पतालमा पठाइएको छ । योसँगै कलाली जिल्लाका चार जनामा कोरोनाभाइरस संक्रमणको पुष्टि भएको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version