गुल्मी: बढीघाट खोलामा आएको बाढीका कारण निर्माणाधीन पक्की पुल भत्किएको छ । बुधबार पानी परेपछि आएको बाढीका कारण मुसिकोट नगरपालिका ३ र ७ जोड्ने निर्माणाधीन पक्की पुल दोस्रो पटक पुनः भत्किएको हो ।

 

अविरल वर्षाका कारण गत वर्ष ढलानकै क्रममा उक्त पुल भत्किएको थियो । भत्किएको उक्त पुलको आठ महिनापछि पुनःनिर्माण शुरु गरी चैत मसान्तमा तल्लो ढलान सम्पन गरिएको थियो ।

 

बुधबार साँझपख बढीघाट खोलामा आएको बाढीका कारण पक्की पुल भत्किँदा ठूलो क्षति पुगेको मुसिकोट नगरपालिकाका प्रमुख सोमनाथ सापकोटाले बताउनुभयो ।

 

तीन वर्षअघि सङ्घीय सरकारको रु पाँच करोड १७ लाख लागतमा तत्कालीन जिल्ला प्राविधिक कार्यालय गुल्मीमार्फत वाइटी जयबुद्ध कन्स्ट्रक्सन प्रालिले उक्त पुल निर्माणको जिम्मा पाएको थियो । निर्माणाधीन पुलको लम्बाइ ५५ मिटर छ ।
बाढीले चौरासी–धुर्कोट जोड्ने पक्की पुलसमेत उच्च जोखिममा छ ।

 

त्यस्तै बाढीले निस्ती खोलामा रहेको चण्डेश्वरी हेभी इक्विपमेण्ट कन्स्ट्रक्सनको लु १ त २४८२ नम्बरको ट्रयाक्टरसमेत बगाएको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version