काठमाडौँ: चितवनको राप्ती नगरपालिकामा बेलायतबाट आएका एकै परिवारका दुई जनामा कोरोनाको संक्रमण देखिएको छ। भरतपुरस्थित प्रयोगशालामा पिसिआर परीक्षण गर्दा उनीहरूको नतिजा पोजेटिभ देखिएको हो।

 

पोजेटिभ देखिएपछि अस्पतालले पुनः परीक्षणको लागि दुबैको स्वाब काठमाडौं पठाएको छ। उनीहरूले आफू एक महिना अघि बेलायतबाट हङकङ हुँदै आएको अस्पताललाई बताएका छन्।

 

अहिले दुबै जना भरतपुर अस्पतालको आइसोलेसनमा छन्। जसमा एक महिला र एक पुरुष छन्। उनीहरूसँगै आइसोलेसनमा बसेका परिवारका अर्का सदस्यको भने नतिजा नेगेटिभ आएको छ।

 

उनलाई केहीबेरमा अस्पतालले डिस्चार्ज गर्ने तयारी गरेको छ। आइसोलेसनमा रहेका दुबैको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version