काठमाडौँ: राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा पूर्वपरराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेलाई आज जनवादी गणतन्त्र चीनका लागि नेपाली आवासीय राजदूतमा नियुक्त गर्नुभएको छ ।

राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले आज विज्ञप्तिमार्फत सो जानकारी दिनुभएको हो ।

 

चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याललाई फिर्ता बोलाई सरकारले पूर्वमन्त्री पाण्डेलाई सो पदमा नियुक्तिका लागि सिफारिश गरेकामा उहाँले संसदीय सुनुवाइ पूरा गरिसक्नुभएको थियो ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version