काठमाडौँ: क्यानडामा एक बन्दुकधारीले विभिन्न ठाँउमा जथाभावी गोली चलाउँदा एक महिला प्रहरीसहित १३ जनाको ज्यान गएको छ।

आइतबार भएको यो घटनालाई क्यानडामा ३० वर्षयता भएको सबैभन्दा ठूलो सामुहिक हत्या मानिएको छ।

ग्याब्रियल वोर्टम्यान नाम गरेका ५२ वर्षिय ती बन्दुकधारीले क्यानडाको नोभा स्कटिया प्रान्तमा यो घटना गराएका हुन्।

१२ घण्टाको प्रयासपछि उनी प्रहरीको गोलीबाट मारिएका छन्। उनले आक्रमण गर्दा एक ठाउँमा आफूलाई प्रहरीको जस्तै पोशाकमा प्रस्तुत गरेका थिए भने गाडीलाई पनि प्रहरीको गाडी जस्तै बनाएका थिए।

प्रहरीले ती व्यक्ति र हत्या गरिएका मानिसहरूबीच कुनै सम्बन्ध नभएको जनाएको छ। एजेन्सी

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version