काठमाडौँ: चैतमा साढे ५५ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाएको सरकारले आइतबार थप ३५ अर्ब रुपैयाँ बजारबाट उठाउने भएको छ। सरकारले चालु वर्ष कुल एक खर्ब ९५ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने योजना बनाएको छ।

त्यसैअनुसार सरकारले असार मसान्तसम्म आन्तरिक ऋण उठाउने छ। सरकारका लागि नेपाल राष्ट्र बैंकले आन्तरिक ऋण उठाइदिन्छ।

विकास ऋणपत्रमार्फत ३५ अर्ब उठाउन लागिएको हो। यो ऋणपत्र तीन वर्षपछि परिपक्व हुने छ। ऋणपत्र बैंक तथा वित्तीय संस्था, गैर बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा सर्वसाधारणले पनि खरिद गर्न पाउँछन्। यो ऋणपत्रको धितोमा बैंक तथा वित्तीय संस्थबाट ऋण पनि लिन सकिन्छ।

ऋणपत्रको ब्याज भुक्तानी अर्द्धवार्षिक रूपमा हुने छ। आर्जित ब्याजमा ५ प्रतिशत कर भने लाग्ने छ। ऋणपत्र खरिद गर्नेले प्रतिस्पर्धी र अप्रतिस्पर्धी रूपमा सहभागी हुन सक्छन्।

प्रतिस्पर्धीका लागि ३५ अर्बको ८५ प्रतिशत छुट्याइएको छ। यो भनेको २९ अर्ब ७५ करोड रुपैयाँ हो। बाँकी १५ प्रतिशत अर्थात ५ अर्ब २५ करोडको अप्रतिस्पर्धीलाई छुट्याइएको छ। ब्याज दर बोलकबोलका आधारमा निर्धारण हुने छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version