काठमाडौँ: कोरोना भाइरस (कोभिड-१९) का कारण ऋणीहरूलाई समस्या परेको भन्दै कृषि विकास बैङ्कले सहुलियत दिएको छ ।
बैङ्कले प्रदान गर्ने कर्जामा तीन प्रतिशतसम्म ब्याजदर छुट दिने बैङ्कले जानकारी दिएको हो ।
बैङ्कको एक वर्षको अवधिमा १२ प्रतिशतमा कर्जा लगानी गरेको थियो। घटाएर ११ बनाएकोमा लकडाउनका बेला ऋणीहरू समस्यामा परेको भन्दै बैङ्कले नौ प्रतिशतमा ब्याजदर झारेको हो ।
अन्य बैंकहरु व्याज घटाउने बारे छलफल गरिरहँदा कृषि विकास बैंकले यो आर्थिक बर्षमा ३ प्रतिशत व्याज घटाइसकेको छ ।
यसअघि ११ प्रतिशतमा झारेको कृषि कर्जाको व्याजदर मिति २०७६ चैत २६ गते बसेको संचालक समितिको बैठकले ११ प्रतिशतबाट कृषि कर्जामा थप २ प्रतिशत घटाई ९ प्रतिशत कायम गरेको छ । गाइबस्तु पशुपंक्षि पालन, तथा तरकारी एवं वालीनालीसँगै कृषि उद्यमशीलताका लागि कृषि कर्जा उपभोग गर्न सकिन्छ ।
कृषि विकास बैंकले निक्षेपतर्फ पनि साधारणमै ५.५० प्रतिशतसम्म व्याज दिएको जनाएको छ ।
