काठमाडौं: भारतले काेरोना भाइरस (कोभिड–१९) महामारीका कारण लगाइएको लकडाउन खुकुलो गर्ने भएको छ । भारतीय गृह मन्त्रालयद्वारा शुक्रबार साँझ जारी सूचनामा आवश्यक सुरक्षाका उपाय अपनाएर पसलहरू खोल्न सकिने भनिएको छ ।

तर पसलमा ५० प्रतिशत भन्दा बढी कामदार राख्न पाइने छैन । कामदारहरूले मास्कको अनिवार्य प्रयोग र दुरी कायम गर्नुपर्नेछ । मदिरा पसलहरू सञ्चालनको अनुमति भने दिइएको छैन । अत्याधिक संक्रमित रहेका र जोखिम क्षेत्र भने पसल खोल्न पाइने छैन ।

 

डिजास्टर म्यानेज कानून अनुसार राज्यले यो सूचना पालना नगर्न पनि सक्ने समेत भनिएको छ ।  केन्द्र सरकारले गुजरात, तेलंगाना र तमिलनाडुको चार जिल्लालाई उच्च निगरानीमा राखेको बीबीसीले जनाएको छ ।

 

भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार त्यहाँ कुल संक्रमित संख्या २४ हजार ५०५ पुगेको छ । जसमध्ये ७७५ जनाको ज्यान गएको छ ।भारतमा पहिलो चरणमा १२ चैतबाट २ वैशाखसम्मका लागि लकडाउन घोषणा गरिएको थियो । संक्रमितको संख्या बढ्दै गएपछि लकडाउन पनि २१ वैशाखसम्मका लागि बढाइएको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version