काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओली नयाँ बानेश्वरस्थित संघीय संसद् भवन पुगेका छन् । संसद बैठक सञ्चालनका लागि कसरी सामाजिक दुरी कायम गर्न सकिन्छ भनेर अनुगमनका लागि प्रधानमन्त्री संसद भवन पुगेका हुन् ।

 

आज बिहानमात्र प्रधानमन्त्री ओलीले बजेट तथा नीति तथा कार्यक्रमका लागि बैठक सञ्चालन गर्नका लागि सभामुख अग्नी सापकोटासँग छलफल गरेका थिए ।अनुगमनमा प्रधानमन्त्रीसँगै सभामुख सापकोटा, कानुनमन्त्री शिवमाया तुम्बाहाङ्फेलगायत उपस्थित थिए ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version