काठमाडौं: अवैध तरिकाले भित्र्याइएको सुनसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका २ घर भई हाल काठमाडौं एयरपोट बस्ने बर्ष २८ का फैयाज आलम रहेको महानगरीय प्रहरी परिसर काठमडौंले जनाएको छ ।

ऐयरपोर्ट गोल्डेनगेटस्थित सडकमा शंकास्पद रुपमा हिडडुल गरिरहेका उनलाई महानगरीय प्रहरी बृत्त गौशालाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

उनको साथबाट अबैध सुनको चुरा ७ थान र सुनको बेरुवा औठी ५ थान बरामद भएको प्रहरीले जनाएको छ । ४५७ ग्राम रहेको सुनको नेपाली बजार मूल्य रु.२१ लाख ९४ हजार ५७ रुपैया रहेको छ ।

वैदेशिक रोजगारीको शिलशिलामा विदेशमा गएका कामदारहरुलाई प्रयोग गरी त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट भन्सार छली सुनका गर गहना तस्करी हुने गरेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरी खटिएको थियो ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version