काठमाडौं: उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले तीन चरणमा उद्योग खोल्नुपर्ने सुझाव राखेको छ ।

मन्त्रालयले पहिलो चरणमा खाद्य तथा दैनिक उपभोग्य वस्तु उत्पादन गर्ने उद्योग सञ्चालन गर्ने, दोस्रो चरणमा निर्माणजन्य उद्योग खोल्नुपर्ने र तेस्रो चरणमा निर्यातजन्य उद्योग खोल्नुपर्ने सुझाव दिएको उद्योग मन्त्री भट्टले जानकारी दिए ।

कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिमा तीन चरणमा उद्योग खोल्नुपर्ने राय राखेको थियो । त्यसमा अर्थमन्त्रालयले पनि सहमति जनाएको उद्योगमन्त्री भट्टले जानकारी दिए । सुरक्षाको सम्पूर्ण उपाय अपनाएर उद्योग चलाउनुको अर्को विकल्प नभएको उनको भनाइ छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version